लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उन्मुक्ति पार्टीको विरोध प्रर्दशन

साझेदारी दैनिक
2k पाठक संख्या

सन्दिप यादव/
बाराको सदरमुकाम कलैया स्थित भरत चौकमा बिहीबार एक कार्यक्रम आयोजना गरि नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विरोध जनाएको छ ।

रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भन्दै नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेश कार्य समितिले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्द सम्मको आन्दोलन गर्ने बताएका छन् ।

मधेस प्रदेशका अध्यक्ष रामचन्द्र चौधरी विरोध सभामा बोल्दै उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्नुपर्ने बताएका छन् । अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो अदालती होइन आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गरेका छन् । यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, जुलुस प्रदर्शनी कोणसभा र ६ गते देखि १० गतेसम्म नेपाल बन्द गर्ने समेत बताएका छन् ।

लाल आयोग,देवि शर्मा,संसदीय सुनवाई समितिको प्रतिवेदन सार्वजनिक गर टिकापरको घटना विशुद्ध राजनितिक घटना हो,यो घटनालाई राजनीतिक तवरबाट समाधान गर भनेर महिला नेत्री मन्जु चौधरी नारा लगाएकी थिइन ।

आफ्नो हक अधिकारको लागि आवाज उठाउने निर्दोष थारुहरुसंग राज्यले गरेको ब्यवहार रेशम चौधरीलाई उपचारको क्रममा हाथमा हथ्कडी खुट्टामा नेल लगाउने प्रहरी प्रशासनले भ्रष्टाचारी,हत्यारा तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा परेकालाई सुरक्षाका सात लाग्दै गरेको देख्दा यो देशको प्रहरी प्रशासनले भ्रष्टाचारी तथा हत्याराहरुलाई जोगाउनलाई मात्रै सपथ खाएका सन्ध्या चौधरीले बताए छन् ।
नागरिक उन्मुक्ति पार्टी ,मधेस प्रदेशका अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा विरोध कार्यक्रम भएको थियो ।

बिहीबार बेलुका भएको विरोध कार्यक्रममा डा.कमरुला अन्सारी,सन्ध्या चौधरी,उर्मिला महतो,भुवन चौधरी, सह सचिव– रामआशिष चौधरी,महिला नेत्री मन्जु चौधरी, कनक चौधरी,युवा तथा नेताहरु लगायतको सहभागी रहेको थियो । कार्यक्रमको संचालन जय प्रकास चौधरीले गरेका थिए ।

Leave a review