रौतहटमा वृद्धा महिलाको मृत अवस्थामा शव फेला

साझेदारी दैनिक
साझेदारी दैनिक 533 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रौशन चौधरी ।
रौतहटमा मंलवार एक वृद्धा महिलाको मृत अवस्थामा शव फेला परेको छ । जिल्लाको फतुआ विजयपुर नगरपालिकामा पोखरीमा डुबेको अवस्थामा वृद्धाको शव बरामद भएको प्रहरीले जनाएको छ । सोमवार बिहान ७ बजेको समयमा फतुआविजयपुर नगरपालिका वार्ड नम्बर ५ सन्तपुर मठको बाटो छेउको पोखरिमा शव फेला परेको हो ।

मृत अवस्थामा फेला परेकी महिला फतुआ विजयपुर नगरपालिका वार्ड नम्बर २ बस्ने सर्जु अघोरीको श्रीमती वर्ष ७० की अनियादेवि अघोरीको रहेको इलाका प्रहरी कार्यालय लक्ष्मिीनियाले जानकारी गराएको छ ।

स्थानीय मानिसहरुले पोखरीमा शव देखेपछि प्रहरीलाइ खबर गरेको थिए । लगतै इलाका प्रहरी कार्यालय लक्ष्मिनियाका प्रहरी निरिक्षक चन्द्रकिशोर साहको नेतृत्वमा गएको प्रहरी टोलीले शव बरामद गरेको हो ।

शवको पोष्ट मार्टम गरि आफन्तको जिम्मा लगाइएको इप्रका फतुआ विजयपुरका प्रहरी निरिक्षक साहलले जानकारी गराएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review