धापासी जेसीजको नवनिर्वाचित कार्यसमिति चयन भएकोे छ ।
सोमबार आयोजित एक समारोहबीच धापासीं जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी प्रबल गौतम लाई १८ औं बाषिक साधारण सभा तथा शाखा अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।
जेसीज बर्ष २०२४ को अध्यक्षमा प्रबल गौतम सर्वसम्मत चयन भएका छन् ।
सोमबार धापासीमा सम्पन्न १८ औं शाखा अधिवेशनबाट गौतमको नेतृत्वमा ७ सदस्यीय शाखा कार्यसमिति चयन गरिएको हो ।
अन्य महासचिव,कोषाध्यक्ष र कानूनी सल्लाहकारको चयन हुन बाकी रहेको अध्यक्ष गौतमले बताए ।
धापासी जेसिजको कार्यकारी उपाध्यक्षमा अर्जुन गिरी र अनुता आचार्य चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा सुहाना अधिकारी,आषिश शर्मा,बिपुल घिमिरे र पदम मगर सर्वसम्मत चयन भएका हुन् ।
नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण यही जनवरी २०२४ भित्र भव्य कार्यक्रमकाबीच गरिने बर्ष २०२३ का अध्यक्ष सुरज अधिकारीले बताए ।
नवनिर्वाचित बर्ष २०२४ का अध्यक्ष प्रवल गौतम नेपाल क्रिकेट संध (क्यान) का राष्ट्रिय क्रिकेट टोलीका पूर्व ब्यवस्थापक तथा हाल क्रिकेट असिरको रुपमा आबद्ध हुनुहुन्छ । उनले संस्थागत विकास,सामाजिक सेवा,खेल तथा युवा उद्यमशीलता र लागूऔषध नियन्त्रणमा विशेष जोड दिने बताए ।


