Sajhedari Daily
Latest News from Nepal

ट्रयाकटर चोरी गर्ने मध्ये १ जना रौतहटमा पक्राउ

Top Aside Banner

रौशन चौधरी
ट्रयाकटर चोरी गर्ने मध्ये १ जनालाई रौतहट प्रहरीले सोमवार पक्राउ गरेको छ ।जिल्लाको फतुआविजयपुर नगरपालिकामा ट्रयाकटर चोरी गर्ने तीन जना मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर वार्ड नं.९ बस्ने २२ बर्षिय संजय कुमार चौधरी रहेका छन् । गत साउन ८ गते राती करीब १ बजेरतिर सोही नगरपालिका वार्ड नम्बर ८ विजयपुर बजारमा बस्ने जितुलाल साह कलवारले ना ५ त ४७१० नम्बरको सोनालिका ट्रयाकटर चोरी भएको थियो । साहको घर अगाडी पार्किङ्ग गरि राखिएको ठाउँबाट ट्रयाकटर चौधरी सहितकाले चोरि गरेका थिए ।

चोरी भएको थाहा पाएपछि तत्कालै इलाका प्रहरी कार्यालय विजयपुरबाट गएको गस्ती टोलीले चोरहरूलाई लखेटदै जाँदा चोरहरू ट्रैक्टर चालू अवस्थामै छोडेर भागन सफल भएका थिए ।

उनिलाई प्रहरीले सीसी टीवी फुटेजको आधारमा पक्राउ गरेको हो । अन्य दुई जनाको खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका चौधरी माथि चोरी मुद्दामा अनुसंधान भईरहेको ईप्रकाका प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी गराउनु भएको छ ।