मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

रासस
344 पाठक संख्या

जनकपुर : मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले राससलाई जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा विशेषतः शिक्षा,स्वास्थ्य,कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

Leave a review

This will close in 0 seconds