रञ्जन यादब /
युवा संघर्ष समिति पथलैया बाराले निशुल्क शिबिर सञ्चालन गरी १ हजार २८ जना पैदल यात्रीहरुलाई खाना खुवाएको छ ।
११ दिनसम्म सञ्चालन भएको शिबिरमा खाजा,खाना र पानी १ हजार २८ जना पैदल यात्रीहरुलाई खुवाईएको शिबिरका संयोजक कमल अचार्यले जानकारी दिनुभयो।
कार्यक्रमबाट सङकलन भई बाँकी रहेका खाद्यन्न सामग्रीहरु ,साबुन ,पानी सेनिटाईजर,मास्क लगायतका सामग्रीहरु अति बिपन्न ३७ घरपरिवारलाई बितरण गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ सँग समन्वय गरी दुधौरा,दशधुरे र पथलैयाका अति बिपन्नलाई उक्त सामग्रीहरु प्रदान गरिएको शिबिरका संयोजक अचार्यले बताउँनुभयो ।
शिबिर सञ्चालन गर्न देश तथा बिदेशमा बस्ने नेपाली नागरिक र स्थानीयले आर्थिक सहयोग गरेका थिए ।
