आईतवार र सोमवार गरि दुई दिन परेको वर्षाका कारण बारा र पर्साका धेरै स्थानहरुमा जलमग्न भएको छ ।
दुई दिन भारी बर्ष भएपछि बारा,पर्सा सहित देशका विभिन्न स्थानहरुमा डुवान भएका छन भने यहाँका विभिन्न खोलाहरुको तटिय क्षेत्रका खेतवारीहरु समेत डुबान तथा कटानमा परेका हुन ।
भारी बर्षाले बाराका दुधौरा,बालगंगा,पसाहा,बकैया नदीहरुमा बाढी आएको छन । यी नदिहरुमा आएको बाढीले नदी छेउछाउका सयौ विगाहा धानबाली डुबानमा पर्नुको साथै कतिपय स्थानमा कटान समेत भएको स्थानीयहरुले बताएका छन ।
यता पर्साको भेडाहा खोलामा आएकौ बाढीले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानमा किसानहरुको सयौं बिगाहा धानबाली डुबानमा परेको हो । खोलामा आएको बाढीले वीरगञ्ज महानगरको वडा नम्बर ३० को लालपर्सा,प्रसोतिपुत टोल, वडा नम्बर ३१ को बेलवा टोलका सयौं किसानको धान बाली डुबानमा परेको छ ।
बाढीले पानीको निकास नपाउँदा लालपर्सा टोलका केही घर पनि डुबानमा परेका छन्। वडा नम्बर ३० लालपर्सा,प्रसोतीपुर टोल र वडा नम्बर ३१ बेल्वा,प्रसौनीको गरि सयौ बिगाहा धान बाली डुबेको स्थानीय पिडित किसानहरुले बताएका छ ।
खोलामा अएको बाढीले रोपिसकेको धान बाली डुबानमा पारेको र घरमा समेत पानी पसेको वडा नम्बर ३० लालपर्सा टोलका दिनेश कुशवाहाले गुनासो गरेका छन । भेडाहा खोलाले बर्षेनी महानगरको ग्रामीण क्षेत्रमा रहेका टोलहरुको खेत डुबानमा पार्ने र लाखौको क्षेति हुने गरेको छ ।
गत ०७४ सालमै भेडाहा खोलामा आएको ठुलो बाढीले आफनो कुखुरा फार्म,माछा पोखरी बगाएर लाखौको क्षति गरेको तथा यसपालि पनि फेरि माछा पोखरीमा क्षति गर्दा दुई लाखको नोक्सानी बाढीले गरेको कृष एण्ड आर्यन कुखुरा फार्मका सञ्चालक मनोज साहको दुखेसो छ ।
बर्षेनी भेडाहा खोलाको बाढीले खेतीपाती क्षति गरिरहेको भएपनि हालसम्म कसैले पनि किसानहरुको लागि केही गर्न नसकेको स्थानीय किसानहरु बताउँछन ।
दुख गरेर बल्लतल्ल धान रोपाई गरेको आफनो बाली बाढीले डुबानमा पारिदिएको वडा नम्बर ३० की पतईया अहिरिन अब बर्षभरी के खाने होला भन्दै पिडा सुनाईन । उनले यसरी बर्षेनी आफु सहित अन्य किसानहरुको धानबाली डुबानको समस्या झेल्दै आएको बताईन ।
भेडाहा खोलाले हरेक बर्ष वीरगञ्ज महानगरको ग्रामीण भेगका किसानहरुको बालीनाली डुबानमा पारेर किसानहरुलाई दुख दिदै आएको छ ।
खोलामा आउने बाढीले पछिल्लो समय बस्तीमा भएका घरहरुलाई पनि क्षति पु¥याउन थालेको छ । खोलाले बर्षेनी गर्ने क्षतिवारे सम्बन्धीत निकायले कुनै चासो नदिएको किसानहरुको गुनासो छ ।

