कलैया नगर एकता सहयोगी समुहको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
435 पाठक संख्या

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ कलैया नगर एकता सहयोगी समूहले आफ्नो १० औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगतको चरम अभाव भएकोले उसले शनिबार रक्तदान कार्यक्रम गरेको हो ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर १ स्थित राजदेवी मन्दिरको प्राङ्गणमा भएको रक्तदानमा पाँच महिला तथा ४७ पुरुष गरी ५२ जनाले रक्तदान गरेका हुन् ।

रक्तसञ्चार केन्द्रका संयोजक धिरेन्द्र झा अनुसार उक्त कार्यक्रममा प्रदिप यादव,मुन्नालाल यादव,राम बालक पटेल,कबिता चौधरी,मनिषा चौधरी,उमेश प्रसाद यादव,सिकेन्द्र यादव,श्यामबाबू प्रसाद यादव,रामबाबु प्रसाद यादव,कृष्ण कुमार सहनी,राम पुजन ठाकुर,बिनोद साह कलवार र प्रमोद कुमार मण्डल लगायतले रक्तदान गरेका हुन् ।

उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाराका जिल्ला सभापति तथा कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख राजेश राय यादवले गरेका थिए ।

कलैया नगर एकता सहयोगी समूहका अध्यक्ष जोगिन्द्र कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा गोपाल सेवा समितिका अध्यक्ष एवम् समाजसेवी जंगबहादुर यादव,नेपाली कांग्रेसका बारा क्षेत्र नम्बर ४ (ख) का सभापति लोकेश सिंह,तरुण दल बाराका सभापति दिपेन्द्र पटेल,नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तेज नारायण साह,कलैया उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष राजेश महथा,नेपाली कांग्रेस बाराका जिल्ला सदस्य रविकरण साह,बारा क्षेत्र नम्बर ३ का सह सचिव नाजिर अन्सारी,संस्थाका पदाधिकारी,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

Leave a review