बारा प्रहरीले ३० लाख ९८ हजार नौ सय ४३ रूपैयाँ बराबरको सामान सहित ट्रक र पिकअप गाडि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएका प्रहरी टोलिहरूले गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको सो सामाग्री बरामद गरेको हो।
सामान सहित गाडीहरुको हकमा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको विज्ञप्तिमा लेखिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले प्रसौनी गाँउपालिका वडा नं.२ प्रसौनी स्थितमा प्रसौनी बाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख २८१९ नं.को ट्रकमा लोड गरेको काजु,बेल्ट,पर्स,कागज र अन्य समानहरू गरी जम्मा अन्दाजी मुल्य रू. छ लाख रूपैयाँ बराबरको बिल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ सुर्य नेपाल स्थित वीरगंजबाट नारायणघाट तर्फ जाँदै गरेको ना.४ क १९२८ नं.को बसमा लोड गरेको मल १२ बोरा १८ हजार रूपैया बराबरको बिल भरपाई नभएको स्रोत खुलाउन नसकेको सामान नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित वीरगंजबाट पथलैया तर्फ जाँदै गरेको बागमति प्रदेश–०१–००६ ख ३१३९ नं.को बसमा लोड गरेको यूरिया मल र चिनी गरी अन्दाजी मुल्य रू.११ हजार ५ सय रूपैया बराबरको बिल भरपाई नभएको स्रोत खुलाउन नसकेको सामान नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी मुसहर्वाले बिश्रामपुर गाँउपालिका वडा नं.३ मुसहर्वा स्थित भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको पर्दा ७२ वटा र झुल ११ थान गरी ४० हजार रूपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोक स्थित वीरगंजबाट सिरहा तर्फ जाँदै गरेको ना ४ ख २७४१ न.को ट्रकमा लोड गरेको बिभिन्न खुद्रा समान अन्दाजी मुल्य रू.२२ लाख १५ हजार आठ सय २३ रूपैया बराबरको बिल भरपाई भन्दा बढी सामानको स्रोत खुलाउन नसकेको बरामद गरेको छ ।
यस्तै वीरगंजबाट सर्लाही तर्फ जादै गरेको ना ३ च २०६१ न.को पिकअप गाडिमा लोड गरेको बिभिन्न खुद्रा समान तीन लाख १३ हजार छ सय २० रूपैया बराबरको बिल भरपाई नभएको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

