लागुऔषध सहित तीन भारतीयसहित पाँच जना पक्राउ

राम मण्डल
341 पाठक संख्या

पछिल्लो समय बारा,पर्सा जिल्लामा प्रहरीले निरन्तर रुपमा लागुऔषध सहित पक्राउ गरिरहेको छ ।

फेरी पर्सा प्रहरीले वीरगञ्जबाट लागुऔषध सहित पाँच जनालाई शनिवार पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध सहित तीन भारतीय र दुई नेपाली गरि पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले वीरगञ्ज १६ रजतजयन्ती चोकबाट लागुऔषध सहित भारत विहार मोतिहारी ग्राम रामगढवा बस्ने हेमताज आलम,अजित कुमार मलाह र इमतिहान आलमलाई पक्राउ गरेको हो ।

तीनैजनाको साथबाट प्रहरीले लागुऔषध डाईजोपाम,फेनारगन र नुरफिन एक हजार चार सय ३८ एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए । यसैगरि पर्साको ठोरी गाउँपालिका–५ बाट प्रहरीले एक नाबालकसहित दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठोरी गाउँपालिका–३ बस्ने सचिन लामा र एक जना नाबालक रहेका छन । दुबैजनाले बोकेको झोलाबाट लागुऔषध तीन सय १४ पिस बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

Leave a review