Sajhedari Daily
Latest News from Nepal

चार महिला सहित ६८ जनाले गरे रक्तदान

वीरगंजमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विकास मेमोरियल फाउन्डेसनको आयोजनामा गरिएको उक्त रक्तदान कार्यक्रम वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर स्थित इम्पेरियल कलेज अफ म्यानेजमेन्टको प्राङ्गणमा संचालन गरिएको थियो ।

कार्यक्रममा ४ महिला र ६४ पुरुष गरि ६८ जनाले रक्तदान गरेको इम्पेरियल कलेज अफ म्यानेजमेन्ट का प्रमुख राकेश गुप्ताले बताएका छन ।

रक्त संचार सेवा समिति वीरगंजका संयोजक मधु राणा, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कंडेल लगायतको उपस्थिति रहेकोे थियोे ।