नेपाली कांग्रेस बारा ४ को क्षेत्रीय कार्य समितिको विस्तारित बैठक तथा आन्तरिक विषेश अभियान सुदृढीकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्दीय समितिको निर्देशन बमोजिम अभियान अन्तरगत नेपाली कांग्रेस पार्टी बाराको क्षेत्र नम्बर ४ ले आयोजना गरेको हो ।
क्षेत्रीय सभापति सुनिल कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पुर्वमन्त्री बल बहादुर केसी रहनु भएका थिए ।
नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय भेलाले आउने २०८४ को निर्वाचनमा कुनै पनि किसिमको पार्टीसंग गठवन्धन नगर्ने र अरु कुनै पार्टीको छापमा भोट नहाल्ने निर्णय गरेको छ ।
बाराको क्षेत्र नम्बर ४ मा आउने निर्वाचनमा एउटा असल इमानदार उमेदवारलाई संघ,प्रदेश र स्थानीय तहमा लडाउने र क्षेत्रले सिफारिस वा निर्णय गरेको ब्यक्तिलाई टिकट पाउने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले बताएका छन् ।
नेपाली कांग्रेस पार्टीलाइ एक ढिका बनाएर पार्टीलाई बलियो बनाउने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बल बहादुर केसीले निर्देशन दिनु भएको छ ।
उक्त कार्यक्रममा पार्टीका मधेस प्रदेशका प्रतिनिधि राजेश गिरी,नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादव,क्षेत्रीय उप सभापति एवम् प्रदेशका सभापति सुमन भट्टराई,बाराको क्षेत्र नम्बर ४ ख का सभापति लोकेश सिंह,तरुण दलका केन्द्रीय सदस्य राजकिशोर साह,तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,महिला संघ बाराकी अध्यक्ष कलावती पासवान,पुर्वसांसद मधु शाही ठकुरी,जिल्ला उपसभापति अमिरी पाल,जिल्ला सचिव राजेश रौनियार,कृष्णा वृत सिंह,मधु साही,निरु राय माझी लगायत पार्टीका शुभचिन्तक तथा नेता कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन क्षेत्रीय सचीव लेखनाथ खरेलले गरेका थिए ।

