प्रणामी मन्दिर कोल्हवी–८ नयाबस्तीमा १५ दिवसीय वितक चर्चा शुरु

साझेदारी दैनिक
963 पाठक संख्या

कोल्हवी,
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँबस्तीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आज मंगलवारदेखी १५ दिवसीय श्रीमद् वितक चर्चा एवम् ब्रम्हवाणी प्रवचन कार्यक्रम शुरु भएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर संचालक एमव् सेवा समितिका अध्यक्ष होमनाथ उप्रेतिको अध्यक्षता विशषे कार्यक्रमको आयोजना गरि उक्त श्रीमद् वितक चर्चा एवम् ब्रम्हवाणी प्रवचन कार्यक्रम शुभारम्भ गरिएको थियो ।
श्रीकृष्ण जन्माष्टमीका दिनसम्म गरि करिब १५ दिनसम्म चल्ले सो कार्यक्रममा कथावाचक एमव् धर्मप्रचारक श्री कमल जी प्रणामीले वितक चर्चा एवम् कथा वाचन गर्नुहुने कार्यक्रम रहेको मन्दिर संचालक सेवा समितिका धार्मिक उपाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।
प्रवचन कार्यक्रम अन्तरग दैनिक अपरान्ह १२ बजेदेखी ४ बजेसम्म कथा वाचन र बेलुका संगितमय भजन किर्तन गरिने कार्यक्रम रहेको मन्दिर समितिका सहसचिव शम्भु गौतमले बताउनुभयो । उद्घाटन कार्यक्रमको संचालन मन्दिर समितिका सचिव नवराज उप्रेतिले गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds