राम मण्डल/
पर्सा प्रहरीले वीरगञ्जबाट बेवरिसे अवस्थामा रहेको लागुऔषध बरामद गरेको छ ।
प्रहरीले वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ मनियारी टोलबाट आईतवार लागुऔषध बरामद गरेको हो । खेतमा रहेको अवस्थामा दुई बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतमा बेवारिसे अवस्थामा रहेको लागुऔषध बरामद गरेको हो ।
दुई वटा बोरामा रहेको लागुओषध डाईजिपाम दुई हजार ३३५ एम्पुल,नुर्फिन तीन हजार १६९ एम्पुल र फेनारगन तीन हजार ४११ एम्पुल गरि आठ हजार ९१५ एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
बरामद गरिएको लागुऔषध प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

