राम मण्डल/
डाक्टर र स्वास्थयकर्मीमाथी कुटपिट भएको एकपछि अर्को घटना दोहोरीन थालेपछि अहिले देशभरीका डाक्टर आक्रोसित भएका छन ।
बुधबार पर्सा स्थित नेशनल मेडिकल कलेज अस्पताल वीरगञ्जका डाक्टर र स्वास्थयकर्मीहरुले सुरक्षाको माँग गर्दैै बिरोध प्रदर्शन गरेका छन ।
डाक्टर स्वास्थ्यकर्मीहरुले ¥याली निकाल्दै बिभिन्न नाराबाजी गर्दै बिरोध गरेका थिए ।
प्रदर्शनमा सहभागी भएका डाक्टर र स्वास्थयकर्मीहरुले डाक्टर कुटन पाईदैन,वी वान्ट जस्टिस, दोषीलाई कारवाही गर, गृहमन्त्री मुर्दाबाद, लगायतका नाराहरु लगाएका थिए ।
उनीहरुले आफुहरुको पेशाको सुरक्षा नभएकै कारणले बारम्बार डाक्टर र स्वास्थयकर्मी माथि कुटपिटको घटना हुदै आएकोले बिरोधमा उत्रिएको बताएका थिए ।
वीरगञ्जमा पनि यस्तो घटनाहरु हुन सक्ने तथा पहिले भईसकेकोले अब डाक्टर र स्वास्थ्यकर्मीहरुलाई प्रशासनले सुरक्षा दिनुपर्ने माँग डाक्टर र स्वासथ्यकर्मीहरुले गरेका थिए ।
डाक्टर कुटन पाईदैन,डाक्टरको सुरक्षाको ग्यारेन्टी गर लगायतका बिभिन्न नारा लगाएका डाक्टर र स्वास्थ्यकर्मीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र एसपी समक्ष ज्ञापनपत्र बुझाउदै आफनो समस्या राखेका थिए ।
जवाफमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र पर्साका एसपी कोमल शाहले वीरगञ्जका डाक्टर र स्वास्थ्यकर्मीहरुको सुरक्षामा कुनै प्रकारको कमी नहुने आश्वासन दिएका थिए ।
प्रजिअ रेग्मीले स्वासथ्थयकर्मीहरुले बुझाएको ज्ञापन पत्रलाई गृह मन्त्रालयमा पठाउने पनि जानकारी दिए ।


