यार्सा टेकले जित्यो इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३

साझेदारी दैनिक
246 पाठक संख्या

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “यार्सा टेक प्रालि” लाई “इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३“ को विजेता घोषणा गरेको छ ।

इनड्राइभले,प्रतिष्ठित आईसीटी अवार्ड २०२३ को लागि साझेदारी गरेको थियो। सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने इनड्राइभले प्रतिबद्धतालाई जनाएको छ ।

इनड्राइभका एपीएसीका पीआर लिड पवित नन्दा आनन्दले भनिन्,“इनड्राइभले आईसीटी अवार्ड २०२३ संग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेको बताईन ।

इनड्राइभ,प्राविधिक विकासहरू तथा ड्राइभिङको लागि प्रतिबद्धताका लागि प्रख्यात रहेको छ र आईसीटी अवार्ड २०२३ सँग आफूलाई साझेदारी गर्न पाउँदा गौरवान्वित रहेको जनाईएको छ ।

इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्त्व बुझ्दछ,र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूका उपलब्धिहरूलाई प्रकाश पार्ने कार्यक्रममा योगदान दिन पाउँदा हामी गर्व गर्छौं,हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३ को सबै विजेताहरुलाई पनि बधाई दिन चाहन्छौं ।“

आईसीटी अवार्ड २०२३ का अध्यक्ष राजन लम्सालले, “हामी इनड्राइभलाई आईसीटी अवार्ड २०२३ को “इन एसोसिएसन पार्टनर“ को रूपमा अनबोर्ड गर्न पाउँदा उत्साहित भएका बताए ।

प्रविधिको उन्नतिप्रतिको इनड्राइभको प्रतिबद्धता,आईसीटी सेक्टरमा नवीन स्टार्टअपहरूलाई पहिचान र उत्थान गर्ने लक्ष्य र हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छ उनले भने ।

Leave a review