साझेदारी संवाददाता/
पर्सा प्रहरीले भारतबाट भन्सार छली ल्याएको एक टयाक्टर गहुँसहित टयाक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारतबाट भन्सार छली वीरगञ्जतर्फ गहुँ आउदै गरेको सुचनाको आधारमा वीरगञ्ज महानगरपालिका १९ बिन्दबासिनीमा चेकजाँच गरेको थियो ।
वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा ना.१ ख ९६४२ नम्बरको ट्याक्टरमा गहु लोड गरीएको अवस्थामा टयाक्टरलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।
गहुँको मुल्य ७ लाख ३९ हजार ६८० बराबर रहेको तथा ट्याक्टरसहित गहुँलाई अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको थापाले बताए ।

