Sajhedari Daily
Latest News from Nepal

बीरगञ्जमा थप एक महिलाको कोरोनाका कारण ज्यान गयो

Top Aside Banner

राम मण्डल/
बीरगञ्जमा थप एक जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएकी छिन । वीरगञ्ज महानगरपालिका १५ भेडियाही टोेलकी ४५ बर्षकी महिलाको कोरोना सँक्रमणका कारण ज्यान गएको हो । मृतक महिलामा भने उनको मृत्यु पश्चात उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

आईतबार अस्थायी कोरोना बिशेष अस्पताल गण्डकमा उपचारको क्रममा ती महिलाको मृत्यु भएको थियो । मृतक महिलाको स्वाब संकलन गरि नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना सँक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले बताए ।

मृतक महिलामा कोरोना संक्रमण आईतबार राति नै गरिएको परिक्षणमा पुष्टि भएको बताए । उच्च रक्तचाप र हाइपोथाइराइडकी समेत विरामी रहेकी ती महिलाको श्वास प्रश्वासमा समस्या देखिएपछी उपचारको लागि अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएकोमा उपचारका् क्रममा मृत्यु भएको थियोे ।