बाराको सिमरा स्थित शुभारम्भ कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उत्प्रेरणा तालिम दिईएको छ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजका बिद्यार्थीहरुलाई उत्प्रेरणा तालिम दिएको हो ।
उत्प्रेरणा तालिममा मानव सेवा आश्रमका देवेश प्रसाद मानवसेवाले विद्यार्थीहरुलाई विद्यार्थीहरुले जीवनमा सिक्नुपर्ने ज्ञान, मनैतिकता,अभिभावक प्रतीको जिम्मेवारी तथा सम्मान,शिक्षाको महत्वका र असल ब्यक्ति बन्ने उपाय लगायतको विषयमा उत्प्रेरणा तालिम प्रदान गर्नुभएको कलेज प्रमुख मण्डलले बताए ।
देवेश प्रसाद मानव सेवाको उत्प्रेरणा तालिममा आमाबुवाको महत्व र उनीहरुले आफनो बच्चाको उन्नती र बिकासमा देखाएको संघर्ष प्रस्तुत गर्दा बिद्यार्थीहरु धुरु धुरु रोएका थिए । प्रशिक्षक दिवेसले एउटा छोराले आमाबुवालाई घर निकाला गर्दा पनि आमाबुवा सधैँ उसको हितमा सोच्ने गरेको दृष्टान्त प्रस्तुत गरेका थिए ।
एलाईड युथ सोसाईटी वीरगंजको सहयोगमा भएको दि रियल लाईफ एजुकेसन उत्प्रेरणा मुलक कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल रहनुभएको थियो ।
नगरप्रमुख पौडेलले अबको शिक्षा ब्यवहारिक र बजारमुखी हुनुपर्ने धारणा राख्नुभएको थियो । उनले बिद्यार्थीहरुलाई उपमहानगरपालिकाको गतिबिधि र बजेटको बिषयमा बहस गरी आलोचनात्मक सहितको टिप्पणी गर्न अनुरोध गरे ।
कलेजका अध्यक्ष लाल पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा एलाईड युथ सोसाईटी वीरगंजका अध्यक्ष ओम झा लगायत कलेजका शिक्षक,अभिभावक,समाजसेवी,बुद्धिजीबि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सुशिल पौडेलले गर्नुभएको थियो ।
सो तालिममा १ सय ५० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

