पर्सामा मिटरब्याज समबन्धी ३० प्रतिशत उजुरी फर्छयौट ऋणीहरुको १५ बिगाहा भन्दा बढी जग्गा फिर्ता

राम मण्डल
366 पाठक संख्या

पर्सामा मिटरब्याज सम्बन्धी ऋणीहरुको १५ बिगाहा भन्दा बढी जग्गा फिर्ता भएको छ ।

जिल्लामा परेको एक हजार ३२१ वटा उजुरीहरु मध्ये हालसम्म फर्छयौट भएका उजुरीहरु मध्ये ७८ कितामा रहेको १५ बिगाहा पाँच कठा ११ धुर जग्गा ऋणीहरुलाई नै फिर्ता गराइएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

निबेदन आव्हान गरेपछि हालसम्म पर्सामा एक हजार ३२१ वटा मुदाहरु दर्ता भएका छन ।

उक्त निबेदनहरुमा गत जेठ २४ गते देखि नै छलफल शुरु गरिएको थियो ।

जसमध्ये हालसम्म ६ सय ९५ वटा मुदामा छलफल भएकोमा ७८ किताको १५ बिगाहा पाँच कठा ११ धुर जग्गा फिर्ता गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए ।

हालसम्म छलफल भएका मध्ये ३ सय ९५ वटा मुदा अर्थात ३० प्रतिशत मात्रै पिडीतको पक्षमा उजुरीहरु फर्छयौट भएको उनले बताए ।

उजुरीहरुमा साहुबाट दिएको दाबी रकम ११ करोड ४१ लाख २० हजार छ भने ऋणीले लिएको रकम चार करोड १३ लाख ७० हजार मात्रै रहेको ऋणीहरुले बताएको लम्सालको भनाई छ ।

दैनिक रुपमा मिटरब्याज समबन्धि निबेदन माथि जिल्ला प्रशासनमा छलफ गर्ने गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीहरु मध्ये एक सय २१ वटा उजुरीहरुमा साहुहरुले अदालतबाट निषेधाज्ञा समेत जारी गराएका छन ।

मिटरब्याजबाट पिडीत भएकाहरुले आफनो जग्गा रोक्का गराएर मात्रै साहुहरुले ऋण दिएको खुलेको छ ।

यस्तै कागज गराएर रकम दिएपनि ब्याज तिर्न नसक्दा साहुहरुले ऋणीहरुबाट ब्याजको पैसाको बदलामा ऋणीको जग्गा नै रोक्का गराएको भेटिएको छ ।

सरकारले मिटरब्याज समबन्धी समस्या समाधानको लागि निबेदन आव्हान गरेकोमा पर्सामा परेका निबेदनहरुमाथि जेठ २४ गतेदेखि दुई वटा कार्यदल बनाएर साहु र ऋणी बीच छलफल हुदै आएको छ ।

Leave a review