जनता माबिको अभिभावक तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
251 पाठक संख्या

धिरेन्द्र पुनहर/

जनता माबि ६ ककड़ी परसौनाको आयोजनामा अभिभावक तथा शिक्षक सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

बिद्यालय व्यस्थापन समितिका अध्यक्ष कुबेर चौधरीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बति बालेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि समेत रहेका चौधरीले हरेक बिधालयले समय समयमा अभिभावक भेलाको आयोजना गर्नु पर्छ र अभिभावक भेलामा अभिभावकहरुको गुनासो गर्ने वातावरण मिलाउनु पर्ने बताएका छन ।

यसैगरी कार्यक्रममा लक्ष्मी कुमारी चौधरी,कोल्हबी नगरपालिका वाड न ६ का वडा अध्यक्ष दिनेश चौधरी,वाड न ५ का वडा अध्यक्ष नन्द किशोर चौधरी,श्री अनुप दिपनी माबि कोल्हबीका प्रधानाध्यापक रामप्रकाश चौधरी,श्री ने रा नमुना मा बि सपहिका प्र अ भुनेश्वर चौधरी,करैयामाई गापा का पुर्व अध्यक्ष भुनेश्वर चौधरी वडा सदस्य रिता चौधरी,श्री ने रा मा बि जुअवाका प्र अ नरेन्द्र चौधरी,श्री ने रा आ बि ककडिका प्र अ कल्याणी चौधरी,श्री राम जानकी आ बि बोधवनका प्रअ मानबहादुर खत्री,पुर्व वडा अध्यक्ष पुरनदेव चौधरी,समाजसेवि तपेश्वर राय थारु,छबिलाल चौधरी लगायतकाले सम्बोधन गरेका थिए ।

Leave a review

This will close in 0 seconds