प्रकृति लम्सालको न्यायको माग गर्दै वीरगञ्जमा मौन जुलुस

राम मण्डल
233 पाठक संख्या

वीरगञ्ज :नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विरोधमा पर्साको वीरगञ्जमा शुक्रबार नेपाली विद्यार्थीहरूले मौन जुलुस निकालेका छन् ।

भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत छात्रा लम्सालको न्यायको माग गर्दै उत्तः किट विश्वविद्यालयबाट निष्कासित भएका झन्डै ५० भन्दा बढी विद्यार्थीहरु समेतको सहभागीमा उक्त मौन जुलुस प्रर्दशन गरिएको हो । सो अवसरमा वीरगञ्जका विभिन्न निजी शैक्षिक संस्थाका विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागीता रहेको थियो ।

सो अवसरमा विद्यार्थीहरुले हातमा कालो पट्टि बाँधेर मुखमा कालो मास्क लगाएर अन्यायको विरोध गर्दै विद्यार्थीहरूले वीरगञ्जमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका थिए । वीरगञ्ज स्थित घण्टाघर चोकबाट सुरु भएको मौन जुलुस माईस्थान,आदर्शनगर,नगरपालिका चोक हुँदै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समापन गएिको थियो ।

गत फागुन ४ गते २० वर्षीय प्रकृति लम्साल किट विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । घटनालाई शङ्कास्पद ठान्दै नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध आवाज उठाएपछि उनीहरूलाई दबाब दिने र कलेजबाट निष्कासित गरेको एक विद्यार्थीले बताईन ।

विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई ज्ञापन पत्र बुझाउँदै नेपाली विद्यार्थीहरूका लागि सुरक्षित वातावरण निर्माण गर्न जोड दिए छन ।

Leave a review

This will close in 0 seconds