धिरेन्द्र पनुहर/
श्री मठवा युवा क्लबको आयोजनामा खुला नकाउट फुटबल प्रतियोगिता कोल्हवी १ मा हुने भएको छ ।
क्लबका अध्यक्ष रामनाथ चौधरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगिता कार्तिक ५ गते देखि मठवा खेल मैदानमा शुरु हुने भएको छ ।
उक्त प्रतियोगितामा २१ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको बिजेता टिमलाई नगद रुपैया तिस हजार शिल्ड मेडल र प्रमाणपत्र,उपबिजेता टिमलाई नगद रुपैया बिस हजार शिल्ड मेडल र प्रमाणपत्र आयोजकले प्रदान गर्नेछ ।
प्रतियोगिता संचालन गर्न विभिन्न शिर्षकमा चार लाख अनुमानित खर्च रहेको पनि जानकारी गराएको हो ।
पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिका वाड न १ का वडा सदस्य शिव चन्द्र चौधरीले आफ्नो वडामा संचालन हुन गइ रहेको फुटबल प्रतियोगितालाइ सफल पार्न आफ्नो तर्फबाट हरेक किसिमको सहयोग गर्ने बताउनु भयो।
सो कार्यक्रममा था क स नगर कमिटी कोल्हवीका सभापति रामनाथ चौधरी,पुर्व खेलाडी बिनोद पनुहर,बिशेश्वर चौधरी शुभकामना मन्तव्य राख्नु भएको थियो।
श्री जनता माध्यमिक विधालय ककडि परसौनाका सहायक प्रधानाध्यापक दिनानाथ महतो र खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन असेश्वर चौधरीले गरेका थिए भने स्वागत मन्तव्य भुपेन्द्र चौधरीले गर्नु भएको थियो ।

