वीरगञ्ज : स्वास्थ्य र शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनाएका छन्।
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा निर्माण भएको दस सैयाको अस्पतालको मँगलबार उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
वीरगञ्ज आएका उनले अस्पतालको उदघाटन गरेका हुन्। उनले नेपालमै स्वास्थ्य उपचार सहज रुपमा ब्यवस्था गरिने बताए।
उनले उपचारको लागि नेपालीहरु बिदेश जाने अवस्था बिद्यमान रहेकोले सरकारले अब नेपालमै सुलभ उपचारको ब्यवस्था गर्ने बताए।
देउवाले संघीय संरचनामा देश गएकाले सोही अनुसार जनताको काम अघि बढाइएको जनाए।भविष्यमा जनतालाई सहज हुने गरि काम गर्दै जाने जिकिर गरे ।
उनले पटेर्वा सुगौलीमा निर्माण भएको अस्पतालबाट पर्साका ग्रामीण भेगसँगै सदरमुकाम वीरगञ्ज र भारतका बिरामीको पनि सहज उपचार हुने बिश्वास ब्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य एवम् पुर्ब मन्त्री रमेश रिजालले स्वास्थय क्षेत्रको विकास आवश्यक रहेकोमा जोड दिएका छन्।
उनले सँबेदनशिल क्षेत्रको बिकाशको लागि गाउँपालिकाले एकजुट भई अस्पताल निर्माणको काम सम्पन्न गरेकोमा पालिकालाई धन्यबाद दिएका थिए ।
उनले काँग्रैसले नै मधेसको विकास गर्न सक्ने दावी गरे। मधेसबादी दलहरु भ्रषटाचार गर्नमा मात्रै लिप्त रहेको उनले आरोप लगाए। रिजालले मधेसबादी दलहरुले अहिले सम्म मधेस सरकारको नेतृत्व गर्दै आएको जनाए।
भ्रष्टाचार बाहेक अन्य काम गर्न नसकेको उनको दावी थियो। गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।
अस्पताल उदघाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि,नेता कार्यकर्ता लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।


