बिपीसी कलेजको छतबाट हाम फालेर एक बिधार्थी घाईते

राम मण्डल
412 पाठक संख्या

वीरगञ्जमा रहेको वीरगञ्ज पब्लिक कलेजको छलबाट हाम फालेर एक जना बिधार्थी घाईते भएका छन ।

कलेजको छतबाट सोही कलेजमा कक्षा १२ अध्ययनरत बाराको बिश्रामपुर गाउँपालिका १८ बर्षीय एक जना बिधार्थी हाम फालेका थिए ।

कलेजको छतबाट हाम फालेका ति बिधार्थीलाई उपचारको लागि बयोधा अस्पतालमा राखिएको छ ।

उनको अवस्था सुधारोन्मुख रहेको तथा घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

अध्ययनको लागि कलेजमा आएका ती छात्र आफनै साथीहरुसित कलेजको छतमा गएका थिए ।पछि शिक्षकहरुले बोलाउदा अन्य साथीहरु आएपनि उनी अचानक कलेजको छतबाट हाम फालेका थिए ।

Leave a review

This will close in 0 seconds