थानीमाई वन समितिका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

साझेदारी दैनिक
594 पाठक संख्या

थानीमाई सामुदायिक वन समिति,सिमराका नव निर्वाचित पदाधिकारीले शनिवार सपथ ग्रहण गरेका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको थानिमाई सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमितिका अध्यक्ष गोविन्द अधिकारी (विनोद,) उपाध्यक्ष अम्बिका घिमिरे, सचिव सूर्यकला मगर र कोषाध्यक्ष श्यामकृष्ण सुवेदीले सपथ लिनुभएको हो ।

निर्वाचन समितिका संयोजक एवं डिभिजन वन कार्यलय बाराका सहायक वन अधिकृत आवेद हुसेनले निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा निर्वाचन समितिका सदस्य अमृतलाल श्रेष्ठ, सदस्य पार्वती अधिकारी कार्कीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष माधवप्रसाद त्रिपाठीले अध्यक्ष लगायत नवनिर्वाचित पधाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै वन संरक्षण र व्यवस्थापनमा उचित भूमिका निर्वाह गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए ।

यस्तै शनिवार नै निर्वाचन समितिले मतदानका लागि मिति तय गरेपनि गत पुस ५ गते नै गोविन्द अधिकारी विनोदको नाम सर्वसम्मत भएपछि नयाँ कार्यसमिति चयनका लागि मतदान प्रकिया स्थगित भएको थियो । चार वर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी बाहेक अन्य ११ जना कार्यसमिति सदस्यहरुका लागि ११ वटा टोल समूहवाट प्रतिनिधि चयन भएर आएपछि कार्यसमिति पूर्ण हुने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताएका छन ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा थानीमाई वनको संरक्षण गर्दै पिकनिक स्थललाई व्यवस्थित बनाउने, पर्यटनका लागि सिमरा क्षेत्रको नाम प्रचारप्रसार गर्ने, काठ दाउरा निश्पक्ष रुपमा वितरण गर्ने, वन संरक्षण गर्न तारवार गर्ने, स्थानीय उपभोक्तामा वन संरक्षणको चेतना जागृत गराउन उपभोक्तासँग बसेर छलफल लगायतका कार्यहरु गर्ने योजना रहेको जनाए ।

Leave a review

This will close in 0 seconds