महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले नगरपालिकाको खर्चबाट चिडियाखाना बनाउने

संदिप प्रसाद यादव
263 पाठक संख्या

बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले नगरपालिकाको खर्चबाट चिडियाखाना बनाउने भएका छन् ।

नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले विश्व प्रसिद्ध गढीमाई मंन्दिर क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उद्देश्यले नगरपालिका कै खर्चमा व्यवस्थापन हुने गरी मन्दिर नजिकै चिडियाखानाको स्थापना गर्न भन्दै मन्त्रालयलाई पत्र पठाएका थिए ।

नगरपालिकाको पत्र पछी वन तथा वातावरण मन्त्रलायले पर्सा निकुञ्जलाई एकिन राय उपलब्ध गराउन र नगरपालिकामा ब्यवस्थापन गर्न परिपत्र गरेको छ ।

उक्त चिडियाखानामा जरायो–२५,मयुर–२५,कछुवा–५०,हात्ती–४,मैना–५०, सुगा–५० र खरायो–५० जस्ता हानी नगर्ने खालको वन्यजन्तुहरु रहने नगर प्रमुख यादवले बताएका छन् ।

Leave a review