बारामा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

साझेदारी डेलि
498 पाठक संख्या

कलैया । बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी गन्जभवानीपुरबाट खटिएको टोलीले बारा जिल्ला अदालतबाट सजाय तोकिएपछि फरार रहेका ५२ वर्षीय महमद फिरोज देवानलाई पक्राउ गरेको हो। उनलाई महागढीमाई नगरपालिका–१० स्थित तरकारी बजारबाट बिहीबार लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेका देवानलाई अदालतले उक्त मुद्दामा १० दिन कैद र १४ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार देवानलाई बारा जिल्ला अदालतमा दाखिल गरिएको छ ।

Leave a review

This will close in 0 seconds