बीरगञ्जबाट लाखौ मुल्य बराबरको म्याद गुज्रेको खाध सामाग्री बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 461 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
पर्साको बीरगञ्जबाट लाखौ मुल्य बराबरको म्याद गुज्रेको खाध सामाग्री बरामद गरेको छ ।बीरगञ्ज रहेको ए.एस.पि प्रालिको ३ वटा गोदामबाट प्रहरीसहित अनुगमन टोलीले मंगलवार म्याद गुज्रेको खाध सामाग्री बरामद गरेको हो ।

महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित रहेको उक्त प्रालिको गोदामबाट छापामारी गरि खनुगमन टोलीले केक र बेकरीमा प्रयोग गरिने कच्चा पदार्थ लगायत खाध सामग्री म्याद गुज्रेको अवस्थामा बरामद गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगन्जका क्षेत्रिय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त गोदामबाट केक र बेकरी बनाउनमा प्रयोग गरिने सो कच्चा पदार्थको म्याद गुज्रिएपछि नयाँ लेबल राखी उत्पादन गरेर बजारमा पठाउन तयारी गरिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रालिको ३ वटा गोदाममा डाल्डा घ्यु, नरिवलको धुलो, केक र बेकरी, विष्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंग लगायतका म्याद गुज्रेका सामानहरु बरामद भएको प्रमुख भण्डारीले जानकारी गराएका छन । म्याद गुज्रेका खाध पदार्थ बरामद भएपछि पर्सा प्रहरीले तीन वटै गोदाममा सिल गरि थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review