जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाट प्रहरीले लाखौँ मुल्य पर्ने अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
शुक्रवार दिनको करिब डेढ बजेको समयमा प्रहरीले ३२लाख ६ हजार ३ सय २२ रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा वीरगंजबाट रौतहट तर्फ जादै गरेको ना.३.ख.४४९१ न.को ट्रकलाई रोकी चेक जाँच गर्दा विलबिजक भन्दा बढीको हार्डवेयर तथा खुद्रा सामानहरु फेला परेको थियो ।
नियन्त्रणमा लिएको सामानमा हार्डवेयर तथा खुद्रा सामानहरु रहेका छन् । ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

