पर्सामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

साझेदारी डेलि
175 पाठक संख्या

कलैया । पर्सा प्रहरीले अवैध प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक बिहार बेतिया थाना गोपालपुर ग्राम पञ्चायत घोघा वस्ने ३० वर्षीय गुड्डु आलम रहेका छन्।

उनीबाट प्लाष्टिक सहित ३० ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। आँप बेचिरहेका आलमलाई पर्सा प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ भूतबंगला नजिक सडकको पश्चिम पेटीबाट पक्राउ गरिएको हो।

Leave a review