नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव पत्रकार श्याम बञ्जारा बाराको जीतपुरमा दुर्घटनामा परेका छन् ।
पथलैया वीरगंज सड्कमार्गको जीतपुरमा यामाहा शोरुम अगाडी प्र.३.०१.०२४ च १८६५ नम्बरको कालो रङ्गको कार दुर्घटनामा परेको हो ।
दुर्घटनामा कारको अगाडीको भाग पूर्ण रुपमा क्षतविक्षत भएको छ । पर्सा जिल्लाको वीरगंज निवासी पत्रकार बञ्जराले चलाएको कारमा उनकी श्रीमती सवार थिइन् । दुबै जना घाईते भएका छन् ।
दुबै जनाको गण्डक स्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भईरहेको छ । दुईवटा ट्रकहरु एक आपसमा प्रतिस्पर्धा गरेर ओभर टेक गर्ने क्रममा एउटा ट्रकको टायर पड्किदा अनियन्त्रित भई सामान दिशाबाट गईरहेको कारलाई ठक्कर दिएको हो ।
ठक्कर दिने ट्रकहरुमा ना६ ख २६५४ नम्बरको ट्रक र ना ६ ख ७५४९ नम्बरको ट्रक रहेको छ । दुबै ट्रक र ट्रकका चालकलाई ईलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको जनाएको छ ।


