संयुक्त प्रहरी टोलीद्धारा ५५ लिटर घरेलु मदिरा नष्ट

संदिप प्रसाद यादव
1.1k पाठक संख्या

बाराको प्रहरी चौकी गन्जभवानीपुर र महागढीमाई नगरपालिकाका नगर प्रहरीको संयुक्त टोलीले नगर भित्र रहेको विभिन्न स्थानबाट ५५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

महागढीमाई नगरपालिका वडा नम्बर ३ ,४ र १० को दहियार,गन्जभवानिपुर लगायतका स्थानहरुमा अबैध रुपमा उत्पादन भैरहेको विशेष सूचनाको आधारमा छापा मारी गरि घरेलु मदिरालाई नियन्त्रणमा लिएर नष्ट गरिएको महागढीमाई नगरका प्रहरी ईन्चार्ज अनिल कुमार लहेराले बताएका छन् ।

नगर भित्र छठ पर्वको अवसरमा घरेलु मदिरा खाएर समाजमा बिकृती फैलाउने कार्य भैरहेको जनगुनासो बढेपछि आफुहरुले छापामारी गरि मदिरा नष्ट गरिएको नगर प्रहरी ईन्चार्ज लहेराले बताए ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको निर्देशनले नगर भित्र कुनै पनि बिकृती हुन नदिन आफुहरु लागि परेको नगर प्रहरी इन्चार्ज लहेराले बताएका छन ।

नियन्त्रणमा लिईएको उक्त घरेलु मदिरालाई प्रहरी चौकी गन्जभवानिपुरका प्रमुख प्रहरी नायव निरीक्षक खड्क बहादुर खड्कासहित नगर प्रहरीहरु र महागढीमाई नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र प्रसाद जैसवाल लगायतको विशेष उपस्थितिमा घरेलु मदिरा नष्ट गरिएको थियोे ।

Leave a review