छठपर्वको लागि बजारमा सामाग्री किनमेल गर्नेको घुईचो

राम मण्डल
282 पाठक संख्या

मधेश प्रदेशको महापर्व एवम् देशको राष्ट्रिय पर्व छठपर्बको लागि वीरगञ्ज लगायत पर्साका बजारहरुमा शनिबार घुइचो लागेको छ ।

यहाँ बाँसले बनाइएको सामानहरुको किनमेल गर्नेको भिड बढेको हो ।

पर्साको सदरमुकाम वीरगञ्जसँगै ग्रामीण भेगका बजारहरुमा समेत छठपर्वको लागि बिभिन्न सामानहरुको किनमेल गर्नेको घुँईचो लागेको छ ।

छठपर्बमा बाँसले बनाइएको सामानले पूजा गर्ने गरिन्छ । बजारमा बाँसले बनाइएका सामानहरुको बिक्री गर्नेहरुको सँख्या पनि बृद्धि हुने गर्छ ।

छठ पर्बको अघिदेखि नै वीरगञ्जको मुख्य चोक घण्टारघरमा थुप्रै बाँसले बनाइएको सामानहरुको पसलहरु थापिएका छन् ।

घण्टाघर नजिकै रहेको रोडमा समेत बाँसले बनेको सामानहरुको पसलहरु थापिएका छन ।शुक्रबारदेखि बिधिवत रुपमा छठपर्बको शुरुवात भईसकेको छ ।

आईतबार परेको सझिया घाटको लागि अर्घका सामानसँगै अर्घको सामान राख्ने दौरा,छैटा,सुपली,नाङलो लगायतका बाँसले बनेको सामानको किन्नको लागि छठ ब्रतालु तथा तिनका परिवारजनाहरुको बजारमा भिड बढेको हो ।

सदरमुकाम वीरगञ्सँगै,पोखरिया,बिन्दबासिनी लगायत पर्सा जिल्लाका बजारहरुमा समेत बाँसले बनेका सामानहरुको बिक्री बढेको छ ।

छठपर्बमा बाँसले बनेको छैटामा पूजा सामाग्रीहरु लिएर घाटसम्म ब्रतालुहरु जाने गरेका छन् ।बाँसले बनेको छैटा हरेक ब्रतालुहरुलाई छठपर्बमा चाहिने भएकाले छैटाको बिक्री अहिले बढेको छ ।

यस्तै सुपलीमा पुजन सामाग्री राखेर छठपर्वमा अर्घ दिने गरिएकोले सुपली पनि छठपर्बमा ब्रतालुहरुलाई चाहिन्छ ।

छठपर्बको लागि नै भनेर बाँसले बनाइएको छैटा,सुपली लगायतको सामान पहिलेको भन्दा अहिले बढी बिक्री भईरहेको वीरगञ्जका लालमती देबीले बताईन् ।

उनले गत छठपर्बको लागि भनेर नै आफुहरुले बाँसको सामानहरु अन्य समयको तुलनामा बढी बनाउने गरेको जानकारी दिइन् ।

Leave a review