सुदन गुरुङ्गले जे पनि हुन सक्छ धम्की दिएको भन्दै किसानद्वारा घोर भर्त्सना

साझेदारी दैनिक
348 पाठक संख्या

कलैया । बाराको क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् पुर्व मन्त्री कृष्णप्रसाद श्रेष्ठ (किसान) ले जेनजीका नेता सुदन गुरुङ्गले जे पनि हुन सक्छ धम्की दिएको भन्दै घोर भर्त्सना गरेका छन्।

सामाजिक सञ्जालमा उनले यही मंसिर ३ र ४ गते सिमरामा घटेको घटना प्रति गहिरो दुःख व्यक्त गर्दछु भनेर लेखेका छन्। घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र घाईतेहरुको उपचारको उचित व्यवस्था गर्नको लागी सरकार सँग माग गर्दछु किसानले लेखेका छन्।

म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपि आज ६ गते मेरो जितपुर सिमरा –४ औराहामा रहेको मेरो घरमा करिव विहान ११ वजे जेन जी को कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाईएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदार लाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरी जलाउँछु भन्दै तेरो नेता लाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाको घोर भत्सर्ना गर्दछु उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यसरी जेन जीका नाममा भैरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति गराइदिन नेपाल सरकार र स्थानीय सरकारलाई अनुरोध श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।

Leave a review