करण कुमार मिश्र/
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको कार्यालय प्रमुखमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा (उपसचिव) सुरेन्द्र प्रधान हाजिर भएका छन ।
निकै लामो बिबाद पछी उपसचिव रहेका प्रधान बुधबार फतुवा बिजयपुर नगरपालिकाको कार्यालय प्रमुखको रूपमा हाजिर भएका हुन।
जनप्रतिनिधि लगायतको रोहवरमा हाजिर भएका प्रशासकीय अधिकृत प्रधान बुधबारदेखि नै कार्यालय प्रमुखको कार्यभार सम्हालेका छन ।
प्रधानको केही दिन अघि फतुवा बिजयपुर नगरपालिकामा सरुवा भए पनि उनी अझै हाजिर हुन पाएका थिएनन् ।
केही वडा अध्यक्षहरुले प्रधानलाई कुनै हालतमा हाजिर हुन नदिने अडान लिदै वादबिवाद गरेको कारण प्रधान अहिलेसम्म पनि हाजिर हुन सकेका थिएन तर बिबाद सल्टेपछी उनी बुधबार हाजिर भै कामकाज सम्हालेका हुन ।
हाकिमको विषयमा हुँदै आएको बिबाद समाधान भएपछि उनी हाजिर भएका हुन । हाजिर हुन गएका प्रधानलाई जनप्रतिनिधिहरुले भव्य स्वागत गरेका थिए ।
सो अवसरमा बोल्दै प्रधानले नगरपालिकालाई बिकाशको गतिमा अगाडी बढाउने र भ्रष्टाचार रहित नगरपालिका बनाउन सुशासन कायम गर्न आफुले कुनै कसर बाकी न राख्ने बताएका छन ।


