बारा प्रहरीले फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहरभई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीले चोरी मुद्दामा अदालतबाट ५ महिना ४ दिन कैद र १० हजार रुपैयाँ जरिवाना पाएका बाराको फेटा गाँउपालिका वडा नं.६ पुरैनिया बस्ने अन्दाजी ३४ वर्षीय नक्की भुट्टा ठकुराई भन्ने मोहमद जाबेद आलमलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।


