सरकारले कलैयामा सहसचिव रेशम लाल कँडेल पठायो

साझेदारी डेलि
71 पाठक संख्या

बारा । सरकारले बाराको कलैया उपमहानगरपालिकामा नयाँ प्रशासनिक नेतृत्व पठाएको छ। मन्त्रीपरिषद् बैठकले सहसचिव रेशम लाल कँडेललाई कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गर्ने निर्णय गरेको हो।

कानुनी व्यवस्था र सरकारी मापदण्डअनुसार उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव स्तरको निजामती कर्मचारी रहने व्यवस्था छ। तर, कलैया उपमहानगरपालिकामा लामो समयदेखि यो व्यवस्था कार्यान्वयन हुन सकेको थिएन। यसअघि पटक–पटक उपसचिवहरूलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइँदै आएको थियो।

यसैक्रममा पछिल्लो समय शिक्षा क्षेत्रका उपसचिव रामविनय कुमार सिंहले यहाँको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हाल्दै आएका थिए। उपसचिव सिंहको स्थानमा यसपटक सरकारले मापदण्डअनुसार नै सहसचिव स्तरको कर्मचारी पठाएर प्रशासनिक नेतृत्वलाई थप सुदृढ बनाएको छ।

Leave a review

This will close in 0 seconds