टयाक्टर दुर्घटनामा महिलाको मृत्यु

साझेदारी दैनिक
217 पाठक संख्या

पर्सामा टयाक्टर दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ ।आईतबार राति टयाक्टर दुर्घटना भएको हो ।

प्रदेश २–०३–००१ त ५५५४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी जीराभवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ७० बर्षीया केशरजिया देबी थरुनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनको घटनास्थलमा नै मृत्यु भएको थियो। पर्सागढी नगरपालिका वडा नम्बर ३ मा रहेको आमोदेबी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा पर्सागढी नगरपालिका वडा नम्बर २ बरवाछोटैली गाउँ नजिकै दुर्घटना भएको  थियो।

दुर्घटना पछि टयाक्टरका चालक फरार भएका छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
 

Leave a review