नेपाल सितोरियो कराते संघ शाखा डोजो जितपुरले यहाँ नव नियुक्त प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार सम्मान गरेको छ ।
प्रशासकीय अधिकृत शिवजी प्रसादलाई बधाई तथा अगामी सफल कार्यकालको लागि शुभकामना दिएको हो ।
जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालको मंसिर ११ गते गृह मन्त्रालयमा सरुवा भएको थियो ।
त्यसपछि सोही उपमहानगरपालिकामा कार्यरत नवौ तहका उपसचिव शिवजी प्रसाद साहलाई कर्मचारीहरुको ज्येष्ठताको आधारमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।
जितपुरसिमरा उपमहानगरपालिकाको शिक्षा,खेलकुद तथा युवा महाशाखा प्रमुखका रुपमा सफलतापुर्बक कार्यसम्पादन शिवजीले गरेका थिए ।
शिवजी प्रसादलाइ प्रमुख प्रशासकीय अधिकृत पदमा रही पुःन सफल कार्य सम्पादन गर्न नेपाल सितोरियो कराते संघ शाखा डोजो जितपुरका प्रशिक्षक मनोजकुमार साहले बधाई दिएका हुन् । टीका खादाले बधाई तथा शुभकामना ज्ञापन साहले गरे ।
नेपाल खेलकुद मधेस प्रदेश उप अध्यक्ष श्रीराम साह,सुरज कुमार साह,चन्द्रकिसोर साह,ध्रमेन्द्र मुखिया खेलाडी लगायतको सो अवसरमा विशेष उपस्थिति थियो ।

