जनताको हकहितमा काम गर्नुपर्छ – बारागढी गाउँपालिका अध्यक्ष जयसवाल

संदिप प्रसाद यादव
481 पाठक संख्या

कलैया : जनताको हकहितमा काम गर्नुपर्ने बाराको बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले बताएका छन्।

गाउँपालिकाको सभाहलमा बिहीबार आयोजित आर्थिक वर्ष २०८१/०८२ को दोस्रो हिउँदे गाउँ सभामा उनले यस्तो बताएका हुन्।

बिकासको काम गर्दै जादा विभिन्न समस्या र चुनौतीहरु आउने गरेको उनले जनाए। चुनौतीको सामना गर्दै हिम्मतका साथ अगाडि बढ्नु पर्ने उनले जनाए। कसैले केही गरिदिदैमा वा कसैले केही भनिदिदैमा त्यो खास विषय नरहेको उनले बताए।

जनताले मत दिएर पठाएको हुनाले सधै जनताको हकहितमा काम गर्नु पर्ने उनले जनाए। अझ राम्रोसंग गर्ने प्रयास गर्न उनले सबै जनप्रतिनिधिलाई आग्रह गरेका हुन्।

गाउँपालिका एक्लैले बनाउन नसक्ने उनले जनाए। सबै जनप्रतिनिधि,कार्यपालिका सदस्य,वडा सदस्य,कर्मचारीहरुको साथ र सहयोगको जरुरी रहेको उनले जनाए।

आफ्नो कार्यकालमा गाउँपालिकालाई नै धुवाँ मुक्त बनाएको उनले जनाए। तीन वर्षे कार्यकाल भित्र गाउँपालिकाको विकास निमार्णमा तीव्रता दिएको उनले जनाए। शिक्षा ,स्वास्थ्य लगायत चौतर्फी बिकास भएको बताएका छन् ।

पालिकामा १५ बेडको अस्पताल निर्माण कार्य तीव्रगतिमा भैरहेको उनले बताए । आफ्नै पालिकामा अस्पताल भैसकेपछी गरीब जनतालाई राहत हुने उनले विश्वास व्यक्त गरे।

अस्पतालबाट सेवा सबै नागरिकले लिनुपर्ने उनले बताए। पालिकाको सबै वडामा ढलान रोड र नाला समेत निर्माण भइसकेको उनले जानकारी दिए।

स्थानीय सञ्चालन ऐन २०७४ अध्ययन गरी आफ्नो कर्तब्य र अधिकार प्रयोग गर्न जनप्रतिनिधिहरुलाई उनले आग्रह गरे।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी राय,कार्यपालिका सदस्य,वडा अध्यक्ष,वडा सदस्य,प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी,लेखा अधिकृत अजय चौधरी,कर्मचारी तथा संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds