महिलाले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या

रञ्जन यादव
984 पाठक संख्या

मनोसामाजिक समस्याले पीडित बाराको एक महिलाले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्नुभएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुर स्थित रामटोलकी ५५ वर्षीय बिन्दा देवी गिरीले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्नुभएको हो ।

आगलागीले गम्भीर रूपले घाइते भएकी बिन्दाको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

लामो समयदेखि मनोसामाजिक समस्याले पीडित बिन्दाले गएराती आफ्नै घरको कोठामा दियोले आफैले शरीरमा आगो लगाएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन ।

Leave a review