पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्न सकिदैन् : उद्योग मन्त्री रिजाल

रञ्जन यादव
308 पाठक संख्या

बाराको सिमरा बिमान स्थलमा नेपाल आयल निगम लिमिटेडको हवाई ईन्धन रिफयुलिङ्ग स्टेशनको स्थापना भएको छ ।

सिमरा विमानस्थलमा बुद्ध एयरको जहाजमा पहिलो पटक हवाई इन्धनको रिफ्युलिङ्ग गरेर मन्त्री रिजालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्ने अवस्था नभएको बताउँनुभएको छ ।

सिमरा विमानस्थलमा नेपाल आयल निगम लिमिटेड हवाई इन्धन रिफ्युलिङ्ग स्टेसनको उद्घाटन गर्दै उद्योगमन्त्री रिजालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा नबढाउने र मूल्य घट्दा घटाउने गरेकोले यो अवस्था लामो समय नटिक्ने बताएका छन । यसअघि आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २ सय रुपैयाँ वृद्धि गर्दा चौतर्फी विरोधपछि बढेको मूल्य फिर्ता लिएको थियो ।

ग्यासमा हामीलाई २५० रुपैयाँ घाटा छ, यसलाई यथास्थितिमा राख्न कठिन छ, तैपनि कोसिस गरिरहेका छौँ आयल निगमका सीईओलाई म अनुरोध गर्दछु ग्यासमा आम जनताको उपभोगका लागि कम मूल्यमा र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा बढी मूल्य राखेर बिक्री गर्दा हामीले धेरै घाटा कम गर्न सक्छौँ ।’ उद्योग मन्त्री रिजालले भन्नुभयो ।

उहाले आम जनताले उपभोग गर्ने ग्यास र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको विषयमा मन्त्रालयमा छलफल भइरहेको बताउँनुभयो ।

कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशन उमेशप्रसाद थानीले नेपाल आयल निगम व्यापारिक संस्था भए पनि राज्यको पूर्ण स्वामित्वको संस्था भएकोले सेवामूलक भएको बताउँनुभयो ।

भरतपुर,सिमरा र जुम्ला विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसन राख्ने हाम्रो नीति तथा कार्यक्रममा पनि थियो,’ थानीले भने, ‘सिमरा विमानस्थलमा रिफ्यूलिङ्गको काम सुरुवात भएको छ । अब चाँडै नै भरतपुर र जुम्लामा पनि गर्ने जानकारी गराउँदछु ।’

कार्यक्रममा जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सिमरा विमानस्थलमा रिफ्युलिङ्ग स्टेसन राख्ने ३ महिनादेखिको प्रयास सफल भएको बताए ।

पौडेलले विगतमा सिमरा विमानस्थलबाट पोखरा हुँदै आएको हवाई उडान सुचारु गर्न पहल गरिदिन मन्त्री रिजालसँग अनुरोध गर्नुभयो ।

Leave a review

This will close in 0 seconds