बारा प्रहरीले २० लाख ९७ हजार आठ सय २५ रूपैया बराबरको अवैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी ईकाइ कार्यालय हरूबाट खटिएका प्रहरी टोलिहरूले गाडिहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको सो ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी ईलाका प्रहरी कार्यालय जीतपुर बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित वीरगंज बाट उदयपुर तर्फ जादै गरेको एक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
उसले ना ५ ख ३५५७ नम्बरको डिब्बे ट्रकमा लोड गरेको खुद्रा सामान २०लाख ८३ हजार एक सय ५५ रूपैयाँ बराबरको नियन्त्रणमा लिएको हो । बिल भरपाई भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको प्रहरीको दावी रहेको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजले जीतपुरसिमरा उपमहाजगरपालिका वडा नं.२१ अमलेखगंज स्थित वीरगंज बाट नारायणगढ तर्फ जादै गरेको ना ८ ख ११४२ नम्बरको यात्रु बाहक बसलाई जाँच गरेको हो ।
सो बसबाट राज निवास ४९ प्याकेट, माजा सुपारी ३५ प्याकेट, प्याज अन्दाजी १ सय ५० किलो,सिद्रा माछा २० किलो गरी मुल्य रू.१४ हजार छ सय ७० रूपैयाँ बराबरको बिल भरपाई नभएको सामान बरामद गरेको जनाएको छ ।
सामान सहित ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको छ ।


