लागू औषध चरेश सहित दुई भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
312 पाठक संख्या

बारा प्रहरीले लागु औषध चरेश सहित दुई जनालाई बुधबार पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंज,बाराबाट खटिएको प्रहरी टोलीले भारतको उत्तर प्रदेशजिल्ला बरेध, दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली तथा कारमा सवार ४४ वर्षीय मोहम्मद अबजाललाई नियन्त्रणमा लिएको हो । उनीहरु बाट लागु औषध चरेश ३४ किलो ९६८ ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१अमलेखगंजबाट उनीहरुलाई पक्राउ गरेको हो ।

हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ग्ए घद्द ल्ः द्धद्धठट न.को भारतीय कार गाडी शंकास्पद लागि रोकी चेकजाँच गर्दा गाडीको पछाडीको भागमा बक्स बनाई उक्त बक्स भित्र लुकाई छिपाई राखेको चरेश बरामद भएको हो ।

लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Leave a review