बारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
तामागढी डम्बरपुर सडक खण्ड अन्तर्गत बेशिगाउँमा सो दुर्घटना भएको हो ।निजगढ नगरपालिका वडा न..१० लालमा देछेनदेन गुम्बा मेला हेरेर घर फर्किएर पुनः मेला जाने क्रममा उक्त मोटरसाइकल दुर्घटनामा परेको हो ।
निजगढ नगरपालिका वडा नम्बर १२ रामथली निवासी अन्दाजी वर्ष १७ का रोशन लुङ्गबा र कुलमान घलान सवार ना २४ पा ४०१७ नम्बरका मोटरसाइकल दुर्घटनामा परेको हो ।
उपचारको क्रममा चालक लुङ्बाको विरगंज वयोधा हस्पिटलमो चिकित्सकले मृत घोषणा गरेको छ ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख निरीक्षक घनश्याम श्रेष्ठका अनुसार २२० सिसिको बजाज कम्पनीको मोटरसाइकल अनियन्त्रित भइ सडक पोलमा ठोक्किएर मोटरसाईकल दुर्घटना भएको थियो ।
पछाडि सवार निजगढ नगरपलिका वडा नं.१३ निवासी घलानको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ । सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले साझेदारी दैनिकलाई जनाए ।

