रुपेश स्वर्णकारको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन, ज्ञापनपत्र तथा धर्ना

साझेदारी दैनिक
923 पाठक संख्या

बाल एकता बोर्डिङ्ग स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यारालाई सार्वजनिक गर्न माग गरिएको छ ।

संयुक्त संघर्ष समितिले बुधबार कलैयामा विरोध ¥याली प्रदर्शन गरेको छ ।

कलैया १ अवस्थित रामजानकी परिसरबाट निस्केको जुलुशले सही अपराधिलाई कारवाही गर लगायतको नारावाजी गरेका हुन् ।

यस्तै प्रहरी अधिकृत उपर उनीहरुले नारावाजी गरेका हुन् । यसपछि जुलुशले सही अपराधिलाई ठोस कानुनी कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र समेत प्रस्तुत गरेको छ ।

जुलुशका सहभागिले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना समेत दिएका छन् ।

Leave a review