कलैया । बारा जिल्लाको विभिन्न स्थानहरुमा एक बहुला कुकुरले आक्रमण गरी ५२ जना मानिसहरुलाई टोकेको छ। कुकुरको टोकाइबाट नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डेयसहित स्थानीयहरु घाइते भएका हुन्। महासंघका पूर्व उपाध्यक्ष पाण्डेय मोटरसाइकलमा भरतचोक तर्फ जाँदै गर्दा कुकुरले लखेटेर टोकेको हो।
प्रादेशिक अस्पताल कलैयाका अनुसार बहुला कुकुरको आक्रमणबाट घाइते भएका ५२ जनाको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ भने ती मध्ये केही जनाको थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा गएका छन्।
बहुला कुकुरको नियन्त्रण बाहिर रहेको छ। लगातार मानिसहरूलाई टोक्दै हिँडेका छन् । बसतपुर,घोगलरिया,कलैया,बरेवा टोल,सिसहनिया लगायतको स्थानहरुबाट टोक्दै आएको हो ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। कुकुर दक्षिण तर्फ लागेका छ। सो क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रहरी कार्यालय बाराले आग्रह गरेको छ । उक्त कुकुरको खोजतलास गर्न प्रहरी टोलि खटेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।








