मुख्यमन्त्री यादवले गरे बारागढी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

साझेदारी दैनिक
349 पाठक संख्या

उनी नेपालको सात प्रदेश मध्ये एक प्रदेशका मुख्यमन्त्री हुन् । उनले शुक्रबार एक समारोहवीच बाराको बारागढी गाउँपालिकाको खोपवास्थित बारागढी गाउँपालिकाका नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

यसरी प्रशासकीय भवनको उद्घाटन गर्ने उनी मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव हुन्। उद्घाटन पश्चात आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा रहेको अधिकारलाई प्रयोग गर्न नपाएको बताए ।

प्रहरी प्रशासन तथा कानुनी अधिकारहरु नरहेकोले प्रदेशले पूर्णता नपाएको उनले जनाए । संघीयता अभ्यासमा आए पनि संविधान बमोजिमको अधिकार नपाएपछि प्रदेशहरुले आफ्नो क्षमता अनुसार काम गर्न नपाएको जनाए ।

संघीयता आएको आठ वर्ष भयो। प्रदेश सरकार बनेको १० महिना भयो । तर पनि काम गर्न अप्ठेरो रहेको उनले बताए । हरेक ठाउँमा कार्यालय चाहिन्छ ।

कार्यालयमा कर्मचारी चाहिन्छ । साशन प्रशासन चलाउन जनशक्ति चाहिन्छ तर संघ सरकारले गर्न दिदैन उनले भने । वर्तमानमा रहेको अप्ठेरोहरु हटाएर अगाी बढन संघले बाटो खोलिदिनुपर्ने उनको भनाई थियो ।

मधेश प्रदेश स्वास्थ्य क्षेत्रमा अगाडी रहेको उनले बताए । उनले चार सय ५० चिकित्सकहरु करारमा भर्ना गरिने जानकारी दिए । प्रदेशको अधिकारलाई लिएर वर्तमान प्रधानमन्त्रीसंग आपूmले १० पटक भेट गरेको र उनले हुन्छ मात्र भन्ने गरेको जनाए । जबसम्म अधिकार क्रियान्वयन गरिदैन तबसम्म प्रदेशहरु अगाी बढन सकदैन उनले भने ।

सिम्रौनगढमा कृषि कलेज तथा आदर्श कोतवालमा ईन्जिरियरिङ्ग कलेज खोल्न प्रदेश सरकारले योजना पास गरेको तथा जग्गा खोजिगरिरहेको उनले बताए । स्थानीय तहले जग्गा उपलव्ध गराउनुपर्ने उनले बताए ।

आफुले निजगढमा लागु औषध दुव्यवसनीको लागि प्रदेश स्तरकै सुधार केन्द्रको लागि बजेट छ्ुट्टाएको र यस्को लागि जग्गा उपलव्ध नगरपालिकाले गराउनुपर्ने उनले बताए ।

सो कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले मधेश प्रदेशलाई अगाी बढाउन शिक्षामा जोड दिनुपर्ने बताए । उनले प्रदेशबाट करिब पौने दुई लाख मानिस वैदेशिक रोजगारीमा गएको र यसमा भारतमा गएका मानिसहरु समावेश नभएको जनाए ।

सो कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साह,मधेश प्रदेशका प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी,जसपाका रामकिशोर यादव,मधेश प्रदेशका पूर्व अर्थराज्यमन्त्री उषाकुमारी यादव, बारागढीका पूर्व अध्यक्ष देवदत्त बछार लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा बारागढी गाउँपालिकाका प्रशासकीय अधिकृत सुनिलकुमार केशरीले प्रशासकीय भवन ३२ कोठे रहेको बताए ।

सो भवन पाँच करोड ७६ लाख ३२ हजार ५४ रुपैयाँ ९४ पैसामा बनेको जनाए ।

बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन दयाशंकर रायको थियो ।

सो अवसरमा प्रशासकीय भवन निर्माण गर्ने कम्पनीका भुपेन्द्र नेपाली,एवम पूर्व गाउँपालिका अध्यक्ष देवदत्त बछार र मुख्यमन्त्री यादवलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सुनिल पण्डितले लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।

Leave a review

This will close in 0 seconds