सशस्त्र प्रहरीद्वारा नौ लाख भन्दा बढीको अवैध सामान बरामद

साझेदारी दैनिक
306 पाठक संख्या

कलैया । सशस्त्र प्रहरीले बाराको विभिन्न स्थानहरुबाट नौ लाख १४ हजार बराबरको अवैध सामान बरामद गरेको छ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका – ९ झरोखर सीमा ईलाकामा बि.ओ.पि.गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक रबिन ढुँङ्गेलको कमाण्डमा खटिएको गस्ती टोलिले दुई वटा मोटरसाइकल सहित किराना सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपमा भन्सार छली २ वटा मोटरसाइकलको प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु.५६ हजार ७ सय ३० रुपैयाँ बराबरको किराना सामान र २ वटा मोटरसाइकल गरी चार लाख छ हजार सात सय ३० रुपैयाँ बराबरको सामान बरामद भएको हो।

त्यस्तै देवताल गाउँपालिका वडा नं. २ पसाहा खोला ईलाकामा कपडा, चप्पल र मोटरसाइकल बरामद गरेको छ । बि.ओ.पि.दक्षिणझिट्कैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक सविन खड्काको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलिले सो सामान बरामद गरेको हो।

भारतबाट अवैध रुपमा भन्सार छलि मोटरसाइकल प्रयोग गरि नेपालतर्फ ल्याउदै गरेको एक लाख रुपैयाँ बराबरको कपडा,चप्पल तथा मोटरसाइकल गरी दुई लाख मूल्य बराबरको सामान र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी पचरौता नगरपालिका वडा नं.०३ राम नगर वैरिया गाउँ स्थित सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नविन अधिकारीको कमाण्डमा खटिएको टोलीले सामान बरामद गरेको छ।

भारतवाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ५५ हजार रुपैयाँ बराबरको कपडा करामद गरेको छ। एक लाख रुपैयाँ बराबरको मोटरसाइकल सहित एक लाख ५५ हजार मूल्य बराबरको मोटरसाइकल सहित कपडा बरामद गरिएको छ।

कलैया उपमहानगरपालिका -१० मटिअर्वा ईलाकामा प्र.सि.सु गुल्म मटिर्अवाबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार चक्र बहादुर साउदको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु.४५ हजार बराबरको कपडा र मुल्य रु १० हजार बराबरको मेहन्दी गरी जम्मा मुल्य रु ५५ हजार बराबरको सामानहरु बरामद गरिएको जानकारी दिइएको छ।

फेटा गाउँपालिका – ४ बतरा फेटा जाने बाटोमा एफओबि छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शिवहरी खत्रीको कमान्डमा खटिएको गस्ती टोलिले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु ९७ हजार ५ सय बराबरको कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.का अनुसार बरामद सबै सामान वीरगञ्ज भन्सार कार्यालय बुझाईने छ ।

Leave a review